एजेन्सी– पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ । ८२ जना घाइते भएका छन् ।
भारी वर्षा, बाढी तथा चट्याङलगायतका कारण जनधनको क्षति भएको छ । मुख्यगरी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धेरै क्षति भएको छ । त्यहाँ ३६ जनाको ज्यान गएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणकाअनुसार देशभर दुई हजार ७ सय १५ वटा घरमा आंशिक वा पूर्ण रुपमा क्षति पुगेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप