काठमाडौं– सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । महादेवा गाउँपालिका–५ भगवतपुरका दिपु मण्डलकी छोरी १२ वर्षकी भुमिका कुमारी मण्डलको ज्यान गएको हो ।
घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर अशक्त भएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप