काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध फेरि पनि मुद्दा दायर गरेको छ ।
यसअघि अख्तियारले पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै २ अर्ब ६९ करोडको मुद्दा हालेको थियो ।
अहिले भने उनलाई अमेरिकाको पिआर लिएको आरोपमा मुद्दा दायर गरेको हो ।
विदेशी मुलुकको स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति भएर पनि नेपालमा राष्ट्र सेवकको ओहदा लिइ लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप