रेसिङ कार अनियन्त्रित भई दुर्घटना हुँदा श्रीलङ्कामा ७ जनाको मृत्यु

  • २०८१ बैशाख १०, सोमबार (७ महिना अघि)
  • १५७ पटक पढिएको
रेसिङ कार अनियन्त्रित भई दुर्घटना हुँदा श्रीलङ्कामा ७ जनाको मृत्यु

एजेन्सी– श्रीलङ्कामा आइतबार एक रेसिङ प्रतियोगिताका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । यस घटनामा १८ जना घाइते भएका छन् ।

Advertisement

स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलङ्काको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो । मृत्यु हुनेमा रेस आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ । रेस श्रीलङ्काली सेनाले दियातलावामा आयोजना गरेको थियो र यो श्रीलङ्काली सेनाको २८ औँ कार्यक्रम थियो ।

रेस प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए । तर, यो दुर्घटनापछि कार्यक्रम बिचमै रद्द भएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट