काठमाडौं– मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाइ गरेको थियो ।
मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप