धादिङमा जिविका परियोजना शुरु

  • २०८१ बैशाख १२, बुधबार (७ महिना अघि)
  • ६७० पटक पढिएको
धादिङमा जिविका परियोजना शुरु

काठमाडौं– धादिङ जिल्लामा दलित तथा सिमान्तकृत समुदायको आर्थिक सामाजिक शशक्तिकरण(जिजिका) परियोजना शुरु गरिएको छ । एइआइएन लक्जर्मवर्गको सहयोगमा नेतृत्व र निर्णायक तहमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ग्रामीण मुखी युवा अभियान (रोयम) नेपालले एक कार्यक्रमकाविच जिविका परियोजना शुभारम्भ गरेको हो ।

Advertisement

लक्षित वर्गको आवश्यकता र मागलाई मध्यनजर गरी परियोजना सञ्चालन गरिए प्रभावकारी हुने नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले बताए । ‘परियोजनाहरु कार्यक्रममा लागि मात्र सञ्चालन हुनु भन्दा पनि लक्षित वर्र्गको जीवनमा थोरै नै किन नहोस् तर खास परिवर्तन हुन आवश्यक छ । किसानले एउटा भैसी, चार वटा बाख्रा पालेर दैनिकी गुजारा गर्न सहज होस् या सीपमूलक तालिम लिएर स्वरोजगार बन्ने कुरा होस्’ उनले भने– ‘लक्षित वर्गको आवश्यकता हेरेर परियोजना सञ्चालन गरे परियोजना पनि सफल हुन्छ । लक्षित वर्गको पनि जीवनमा परिवर्तन आउँछ । त्यसका लागि रोयम नेपाललाई गर्नुु पर्ने सहयोग र सहजीकरणमा नीलकण्ठ नगरपालिका सधै सँगै हुनेछ ।’

त्यसै गरी, जिविका परियोजनाले परियोजना क्षेत्र भित्रका लक्षित वर्गको जीवनमा सकरात्मक परिवर्तन ल्याउने नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राकुमार श्रेष्ठले बताए । परियोजना ल्याउन आफुले पनि भूमिका खेलेको बताउँदै नागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्नकै लागि जिविका परियोजना धादिङमा ल्याइएको उनले बताए ।
विशेष गरि गरिबी निवारण सीप हस्तान्तरण र युवाको नेतृत्व विकास गर्दै राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्ने उद्धेश्यले सन् २००९ मा स्थापना भएको थियो । संस्थाले दिगो विकास लक्ष्य प्राप्तिको लागि गरिबी निवारण, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, सरसफाई, लैगिंक समानता, वातावरण संरक्षण र सामाजिक न्यायको लागि निरन्तर काम गर्दै आईरहेको रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धितालले बताए ।

परम्परागत खाद्यन्न बालीमा आधारित कृषि प्रणालीलाई परिमार्जन गर्दै आयआर्जनका स्रोतहरुको वैकल्पिक व्यवस्थाद्धारा आय आर्जनमा वृद्धि गर्ने, क्षमता अभिवृद्धि तथा रुपान्तरित नेतृत्वका कार्यक्रमहरुको माध्यमबाट दलित महिला तथा सिमान्तकृत समुदायको नेतृत्दायी तथा निर्णायक तहमा पहुँच अभिवृद्धि गर्ने परियोजनाको मुख्य उद्धेश्य रहेको उनले बताए ।
महिलाहरुको पैरवी क्षमतामा सवलिकरण गरि समुदायिक विकासका गतिविधिहरुमा सहभागिता अभिवृद्धि गर्ने र परियोजनाको कार्यक्षेत्र रहेको नीलकण्ठ नगरपालिका ५ र नेत्रावती डबजोङ गाउँपालिका ५ का स्थानीय तहसँग साझेदारीमा स्थानीय महिला तथा दलित समुदायको अधिकारको लागि साझा योजना तयार गरि कार्यान्वयन गर्ने रोयम नेपालका विजय तामाङले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट