कतारका अमिर थानी र प्रधानमन्त्री दाहालबीच आज द्विपक्षीय भेटवार्ता हुँदै

  • २०८१ बैशाख १२, बुधबार (७ महिना अघि)
  • १६१ पटक पढिएको
कतारका अमिर थानी र प्रधानमन्त्री दाहालबीच आज द्विपक्षीय भेटवार्ता हुँदै

काठमाडौं– कतारका  अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

Advertisement

दुई देशबीच विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए । उनका अनुसार उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान तथा युवा र खेलकुदका विषयमा सहकार्य प्राथमिकतामा छ ।

दुई दिने राजकीय भ्रमणको लागि थानी विशेष विमानमार्फत हिजो काठमाडौं आएका हुन् ।

हिजै शितल निवासमा भएको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भए यता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व) बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा पहिलो पटक उच्च नेपाल भ्रमण हो ।

कतारका राजा आज स्वदेश फर्किने कार्यक्रम छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट