चीनले अब नेपालीसँग भिसा शुल्क नलिने

  • २०८१ बैशाख १६, आईतबार (७ महिना अघि)
  • १६२ पटक पढिएको
चीनले अब नेपालीसँग भिसा शुल्क नलिने

काठमाडौं– चीनले नेपालीसँग मे १ अर्थात् यही वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने भएको छ ।

Advertisement

काठमाडौंमा रहेको चिनियाँ दूतावासले आज सूचना निकालेर सन् २०२४ मे १ देखि चीन जानका लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो ।

भिसा शुल्क नलिए पनि ’एक्सप्रेस फी’ र ’सर्भिस फी’ भने लिने दूतावासको सूचनामा उल्लेख छ । नेपालका लागि चीनका राजदूत छन सोङले ट्वीट गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरेको बताएका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट