नेपाल अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्न तयार छः प्रधानमन्त्री

  • २०८१ बैशाख १६, आईतबार (७ महिना अघि)
  • २३० पटक पढिएको
नेपाल अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्न तयार छः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले प्रयोग नभएका अपार सम्भावना र अवसरका केन्द्रमा उभिएर लगानीकर्तालाई स्वागत गर्न तयार रहेको बताएका छन् ।

Advertisement

आइतबारदेखि राजधानीमा सुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल विदेशी लगानीकर्तालाई हृदयदेखि नै स्वागत गर्ने देश भएको बताएका छन् ।

लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा सरकार दृढ रहेको उनले बताए । सोही सन्दर्भमा हालै सरकारले कानून परिमार्जन गरेको उनले उल्लेख गरे ।

उनले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानी सम्झौता (बीआईए) मा हस्ताक्षर गर्न समेत आह्वान गरे । नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नेपालले पर्यटन, कृषि, उत्पादन, सूचना–प्रविधि, गार्मेन्ट, कृषि प्रशोधनन र पूर्वाधार र उच्च मूल्यका बाली उत्पादन लगायत विभिन्न अवसर उपलब्ध गराएको प्रधानमन्त्री प्रचण्डले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट