काठमाडौं– जुम्लामा बुबाको हत्या गरेको आरोपमा छोरी पक्राउ परेकी छन् ।
पातारासि गाउँपालिका–३ का ५६ वर्षीय सुवा महताराको हत्या आरोपमा उनको २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन् ।
हाँसु सौतनी छोरी हुन् । उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले शनिवार दिउँसो पक्राउ गरेको हो ।
पातारासि गाउँपालिका–१ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप