काठमाडौं– इलाम– २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।
फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।
यस्तै एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५३४ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत पाएका छन् ।
यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ मत पाएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप