एजेन्सी– भारतको छत्तीसगढमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ ।
पाथरा गाउँका झण्डै ३० जना मानिस पिकअप गाडीमा पारिवारिक समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ ।
रातिको समयमा सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएर पिकअप गाडी दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइतेको उपचार भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप