काठमाडौं– सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित परेको दायर रिट खारेज गरेको छ ।
पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।
रिट खारेजसँगै अब मुख्यमन्त्री अधिकारीलाई कार्यकारी काम गर्न बाटो खुलेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप