गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह

  • २०८१ बैशाख १९, बुधबार (१२ महिना अघि)
  • २८७ पटक पढिएको
गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासको आग्रह

काठमाडौं – पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ ।

Advertisement

रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली नागरिक ठगीएको तथा त्यहाँ पुगेकाहरू अलपत्र परेको जानकारी प्राप्त भएकाले कानुनी बाटोबाट मात्रै रोजगारीमा जान दूतावासको अनुरोध छ ।

दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गिस्तानको बाटो प्रयोग गरी अन्य देशमा पठाउने आश्वासन दिइएको जानकारी प्राप्त भएको समेत जनाएको छ । अलपत्र परेकामध्ये केहीलाई उद्धार गरी नेपाल फर्काइएको, केही फर्कने क्रममा रहेका तर त्यहाँ नेपाली पुग्ने क्रम नरोकिएको दूतावासले निकालेको सूचनामा उल्लेख छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट