वैशाख ३१ गते बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

  • २०८१ बैशाख १९, बुधबार (६ महिना अघि)
  • १९३ पटक पढिएको
वैशाख ३१ गते बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।

Advertisement

नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ सञ्चालन गर्न लागेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ ।

सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।

नेपालमा अहिले पनि २० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका छैनन् भने चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट