राजनीतिक आस्थाको आधारमा स्थानीय सरकारले गरेको विभेद विरुद्ध कर्मचारी संगठन

  • २०८१ बैशाख १९, बुधबार (५ महिना अघि)
  • २१५ पटक पढिएको
राजनीतिक आस्थाको आधारमा स्थानीय सरकारले गरेको विभेद विरुद्ध कर्मचारी संगठन

काठमाण्डौं- राजनीतिक आस्थाका आधारमा स्थानीय सरकारले गरेकाे विभेदकाे विरुद्ध नेपाल निजामती कर्मचारी संगठन एकतावद्ध भएर लाग्ने उद्घाेष गरेका छन् ।

Advertisement

स्थानीय तहकाे सरकारले गर्ने सरुवा, अनधिकृत रुपमा माग बिहिन बनाउने, जिम्मेवारीबाट हटाउने, आदी क्रियाकलापमा राजनीतिक पुर्वाग्रह देखिएकाेले यस किसिमका हर्कत राेक्न नेपाल निजामती कर्मचारी संगठनले माग गर्दै बुधबार प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ काेईराला, उपाध्यक्ष भवानी दहाल, नेकपा एमाले जिल्ला सचिव राधिका सापकाेटा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामचन्द्र ईटनी लगायतले सम्बाेधन गर्दै कानुन विपरितका क्रियाकलाप नगर्न आग्रह गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष बिरबहादुर दुवाडीले पेशागत हक हित पुरा गर्दै सुखि नेपाली समृद्ध नेपालकाे राष्ट्रिय लक्ष्य पूरा गर्न स्थायी सरकार कर्मचारी लाग्नु पर्ने बताएका छन् ।

पेशागत दक्षताका लागि संगठन सुदृढीकरण प्रशिक्षण कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन, नेपाल जनस्वास्थ्य प्राविधिक संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्र सेवक बहुउद्देशिय सहकारी संस्थाले धादिङबेसीमा आयाेजना गरेकाे हाे ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट