तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

  • २०८१ बैशाख २०, बिहिबार (६ महिना अघि)
  • २०६ पटक पढिएको
तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

कामाडौं– बुधबार तोलमा २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज बिहीबार २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोलामा १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

हिजो छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार रुपैयाँले बढ्दै १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट