अप्रिल महिनामा भित्रिए १ लाख ११ हजार पर्यटक

  • २०८१ बैशाख २०, बिहिबार (६ महिना अघि)
  • १८९ पटक पढिएको
अप्रिल महिनामा भित्रिए १ लाख ११ हजार पर्यटक

काठमाडौं– पर्यटकीय सिजन चलिरहँदा अप्रिलमा एक लाख ११ हजार पर्यटक भित्रिएका छन् ।

Advertisement

पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए ।

यसअघि सन् २०२२ मा ६१ हजार ५८९, सन् २०२१ मा २२ हजार ७३२, सन् २०२० मा १४ जना सन् २०१९ मा एक लाख ८ हजार १०६ पर्यटक आएका थिए ।

अप्रिलमा सबैभन्दा बढी ३० हजार १५८ सय पर्यटक भित्रिएका छन् । त्यस्तै अमेरिकाबाट नौ हजार ९४७, चीनबाट नौ हजार ७५०, बेलायतबाट पाँच हजार ३९१ र अष्ट्रेलियाबाट चार हजार ११० पर्यटक भित्रिएका छन् ।

त्यस्तै बंगलादेशबाट चार हजार, फ्रान्सबाट तीन हजार ७५५, जर्मनीबाट तीन हजार २७०, रसियाबाट दुई हजार ९७७ र माल्दिभ्सबाट दुई हजार ३१० पर्यटक भित्रिएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट