काठमाडौं– मातातीर्थ औंशीको दिन वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त दिन नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका– ६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्ने गर्छ । त्यसैले दर्शनार्थीहरूलाई सहजहोस् भन्ने उद्देश्यका साथ बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप