चितवन– अत्यधिक गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।
भरतपुर अस्पतालमा विगतमा तीन दिनमा दुई हजार जना विरामी पुग्ने गरेकोमा अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म विरामी पुग्ने गरेका छन् ।
अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाकाअनुसार एक हप्तादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए ।
नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखाला लगायतका बढी मात्रामा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप