काठमाडौं– बाँकेको कोहलपुरमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।
आज बिहान करिब साढे १० बजेतिर कोहलपुर पिपराहवामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
ब्युरो प्रमुख एसएसपी गोबिन्द थपलियाका अनुसार गोली लागेर सुशील परियार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।
उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई समेत पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रहरीलाई उनीहरुले आक्रमण गर्न खोजेपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप