काठमाडौं– नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार आज साढे ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको छ ।
संसद्को अधिवेशन आज दिउँसो २ बजे सुरु हुँदैछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप