काठमाडौं– सडकपेटीमा रहेको रूखको हाँगा काटेर खसीलाई खुवाएपछि ललितपुर महानगरपालिकाले पाँच हजार जरिवाना गरेको छ ।
आज बिहान ललितपुर महानगर–२५ भैसेपाटी बस्ने लालबहादुर लामाले आफूले बिक्री गर्न राखेको खसीलाई खुवाउन सडकपेटीमा रहेको रूखको हाँगा काटेको पाइएको हो ।
हाँगा काटेर खसीलाई खुवाएको देखेपछि पाँच हजार रूपैयाँ जरिवाना तिराएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप