संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्यत रहेको कांग्रेसको निष्कर्ष

  • २०८१ बैशाख २९, शनिबार (६ महिना अघि)
  • १७६ पटक पढिएको
संसदीय छानबिन समिति गठन नगर्न सरकार  उद्यत रहेको कांग्रेसको निष्कर्ष

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद चल्न नदिन र संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्वत भएको निष्कर्ष निकालेको छ ।

Advertisement

शनिबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले छानबिन समिति बन्न नदिन र संसद समेत चल्न नदिन सरकार आफैं उद्वत रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगन थापाले संसदको आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीती तय गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरेको बताए ।

उनका अनुसार आगामी रणनीति तय गर्नका लागि सोमबार १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । ‘त्यही बैठकले अब के गर्ने भन्ने निष्कर्ष निकाल्छ,’ उनले भने ।

सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नतबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने विषयमा कांग्रेस अडिग रहेको पनि उनले बताए ।

गठन हुने छानबिन समितिले पहिलो काम ठगिएका बचतकर्ताहरूको बचत फिर्ता दिनुपर्ने उनको भनाइ छ । गृहमन्त्री आफू निर्दोष छु भन्नेमा विश्वस्त देखिएकाले छानबिन समिति बनाउनुपर्ने विषयमा डराउनु नपर्ने महामन्त्री थापाले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट