काठमाडौं– सोलुखुम्बुका कामीरिता शेर्पा २९ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनी गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखरमा पुगेका थिए । सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाको सगरमाथा आरोहण यात्रा सन् १९९२ मा आरोहण सहयोगीको रुपमा सुरु भएको थियो । ५४ वर्षका शेर्पाले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसकेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप