सभामुख र दलका सचेतकहरुबीचको छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै

  • २०८१ बैशाख ३०, आईतबार (६ महिना अघि)
  • १७० पटक पढिएको
सभामुख र दलका सचेतकहरुबीचको छलफल निष्कर्षविहीन, कांग्रेसको अडान कायमै

काठमाडौं– सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकिएको छ ।

Advertisement

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।

जेठ १ मा सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्दै छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो अडान कायम राखेको थियो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाएर संसद्को अवरोध हटाउन सरकारले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए ।

त्यस्तै बैठकमा एमाले र माओवादीसहितका सत्ता घटकले संसदीय छानबिन समिति गठन नगर्ने बताएका थिए । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट