एजेन्सी– भारतको उत्तर प्रदेश राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ । चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए ।
अस्पतालमा उपचारका क्रममा बालकको भने मृत्यु भएको थियो । फूड प्वाइजनिङका कारण सबै जना बिरामी भएको आशंका गरिएको छ ।
स्थानीयहरूको अनुसार पूरनपुर इलाकामा बिहीबार राति चाउचाउ र भात खाएपछि एकै परिवारका तीन बालबालिकासहित ६ जना बिरामी भएका थिए । बिरामीहरूलाई निजी अस्पतालमा लगिएको भएपनि बालकको भने उपचारकै क्रममा ज्यान गएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप