कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक कांग्रेसद्वारा बहिष्कार

  • २०८१ बैशाख ३१, सोमबार (६ महिना अघि)
  • १४३ पटक पढिएको
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक कांग्रेसद्वारा बहिष्कार

काठमाडौं– नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।

Advertisement

वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ ।

प्रतिपक्षी दलबाट राप्रपा बैठकमा उपस्थित भएपनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट