सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

  • २०८१ बैशाख ३१, सोमबार (६ महिना अघि)
  • १७८ पटक पढिएको
सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, ३ अर्ब ४० करोड रुपैयाँको कारोबार

काठमाडौं– सेयर बजार आज दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ ।

Advertisement

आज फाइनान्स, होटल, उत्पादन, निर्जीवन र व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नारायणी विकास बैंक, समाज लघुवित्त र मान्डु हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दोहोरो अङ्कले बजार बढेको दिन सीवाईसी नेपाल लघुवित्त कम्पनीको सेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज तीन सय २० वटा कम्पनीका ९५ लाख ४१ हजार कित्ता सेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड (प्रोमोटर) को ३० करोड रुपैयाँ बराबरको सेयर खरिद÷बिक्री भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट