एजेन्सी– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पदबाट हटाउन माग गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
मदिरा नीतिमा नीतिगत भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गर्दै रिट परेको हो । पक्राउ परेपछि केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।
न्यायधीशहरू संजिव खन्ना र दीपंकर दत्ताको इजलासले दिल्ली उच्च अदालतको फैसलामा दखल पु¥याउन नसक्ने भन्दै रिट खारेज गरेको बीबीसी हिन्दीले जनाएको छ ।
अब केजरीवाललाई जेलमै रहेर पनि मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने बाटो खुलेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप