देउराली मावि सितोरियो कराते डोजोको प्रथम ग्रेडिङ

  • २०८१ बैशाख ३१, सोमबार (५ महिना अघि)
  • १११६ पटक पढिएको
देउराली मावि सितोरियो कराते डोजोको प्रथम ग्रेडिङ

धादिङ- धादिङको नीलकण्ठ नगरपालिका– ८ ससाहमा रहेको श्री देउराली माध्यामिक विद्यालय सितोरियो कराते डोजोको प्रथम ग्रेडिङ गरिएको छ ।

Advertisement

सबै खेलको आधारभुत जग कराते रहेको र खेलले मानिसलाई अनुशासनमा राख्न, स्वस्थ रहन र शारीरिक तन्दुरुस्तीको लागि महत्वपूर्ण भुमिका रहने धादिङ जिल्ला सितोरियो कराते डोजोको प्रमुख प्रशिक्षक श्री भिम बहादुर गुरुङले बताए ।

पछिल्लो समय नेपालमा कराते खेलको अवधारणा व्यापक बन्दै गएको र खेल खेलेर पनि जीवन निर्वाह गर्न सकिन्छ भन्ने सोचको विकास भएकोले खेल प्रभावकारी बन्दै गएको कार्यक्रमका सभापति समेत रहेका खेलाडी रमेश कोईरालाले बताए ।

कार्यक्रममा प्रदेश स्तरिय खेलाडी रितु खड्का, रिदिमा खड्का, साजन घले र सचिन तामाङको जोडिले स्पाईरिङ (काता) प्रस्तुत गरेका थिए । देउराली माध्यामिक विद्यालय सितोरियो कराते डोजोका प्रशिक्षक सुदिप श्रेष्ठले सहजिकरण गरेका छन् । कार्यक्रममा ३० जना विद्यार्थीले प्रथम जुनियर ग्रेडिङ सम्पन्न गरेको रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट