नीति तथा कार्यक्रम प्रस्तुतका लागि सहज वातावरण बनाइदिन कांग्रेससँग प्रधानमन्त्रीको आग्रह

  • २०८१ जेष्ठ १, मंगलबार (६ महिना अघि)
  • १४३ पटक पढिएको
नीति तथा कार्यक्रम प्रस्तुतका लागि सहज वातावरण बनाइदिन कांग्रेससँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको छ । अवरुद्ध संसद खुलाउने विषयमा छलफल केन्द्रित थियो ।

Advertisement

छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन सहयोगका लागि आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले थप रणनीति संसदीय दलको बैठकबाट तय गर्दैछ । कांग्रेस संसदीय दलको बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ । सहकारीको बचत अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

सङ्घीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दैछ । आजको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट