आगामी आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घोषणा

  • २०८१ जेष्ठ १, मंगलबार (६ महिना अघि)
  • १८० पटक पढिएको
आगामी आर्थिक वर्षलाई ‘कृषिमा लगानी दशक’ घोषणा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८१÷०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आउँदो आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने उल्लेख छ ।

राष्ट्रपतिले प्रमुख खाद्यान्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरूको पुनर्संरचना गरिनेसमेत बताए । कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिने नीति पनि सरकारले लिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट