काठमाडौं – सेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार १८ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बजार खासै घटबढ नभएको दिन हिमालयन लघुवित्त, जालपा लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज मान्डु हाइड्रोपावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज तीन सय १५ वटा कम्पनीको ८२ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४३ करोड रुपैयाँ बराबरको सेयर खरिद÷बिक्री भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप