विश्वकप अघि नेपालले अमेरिका र क्यानडासँग ‘वार्मअप’ खेल खेल्ने

  • २०८१ जेष्ठ ४, शुक्रबार (६ महिना अघि)
  • २१२ पटक पढिएको
विश्वकप अघि नेपालले अमेरिका र क्यानडासँग ‘वार्मअप’ खेल खेल्ने

काठमाडौं – आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने वार्मअप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडासँग वार्मअप खेल खेल्ने भएको हो । नेपालले दुवै खेल टेक्सासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ ।

Advertisement

नेपालले २७ मे अर्थात जेठ १४ गते क्यानडासँग खेल्नेछ । यस्तै मे ३०, जेठ १७ गते अमेरिकासँग खेल्ने तय भएको छ । नेपालले यही मैदानमा नेदरल्याण्ड्ससँग विश्वकपअन्तर्गतको खेलसमेत खेल्दैछ ।

यसैबीच, विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजसँग हिजो भएको दोस्रो अभ्यास खेल पनि जितेको छ ।

पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । नेपालले यही टोलीसँग भोलि तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट