मेयर बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा दायर

  • २०८१ जेष्ठ ४, शुक्रबार (६ महिना अघि)
  • १४६ पटक पढिएको
मेयर बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा दायर

काठमाडौं– मेयर बालेन्द्र शाह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौं महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

Advertisement

मेयर शाह र नगर प्रहरी प्रमुख पाण्डेविरुद्ध कुटपिट र लुटपाटको अभियोगमा बिहीबार जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

अदालतका अनुसार प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूलाई कुटपिट र लुटपाट गरिएको दाबी गर्दै मेयर साह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट