काठमाडौं– प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्षी दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि बैठक सारिएको थियो ।
सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै केही दिनदेखि प्रतिनिधि सभाका बैठक अवरोध गर्दै आएको छ ।
कांग्रेसको शुक्रबार बसेको संसदीय दल बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने निर्णय गरेको थियो ।
सभामुख देवराज घिमिरेको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबारको प्रतिनिधि सभा स्थगित भएको छ । अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बस्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप