काठमाडौं– धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५ कटुन्जेमा ३ महिने ढाका बुनाइ तालिम सुरु भएको छ । महिलाहरुको नेतृत्व विकास र जिविकोपार्जन मात्र नभइ व्यवसायीमुखी हुँदै स्वरोजगार बनाउने मुख्य उद्देश्यसहित जिबिका परियोजना अन्र्तगत ग्रामीणमुखी युवा अभियान (रोयम नेपाल) को आयोजनामा तालिम सुरु भएको हो ।
आज एक कार्यक्रमकाबीच वडाध्यक्ष हरी अधिकारीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मेगनाथ रिजालले तालिमपछि सिकेका सीपलाई उपयोग गरी आर्थिक पाटो बलियो बनाउन तालिममा सहभागीहरुलाई आग्रह गरेका छन् । उनले अझ तालिमलाई व्यवस्थित बनाउन र आगामी दिनमा थप सिप सिकाइका कार्यक्रम सञ्चालन गर्नका लागि गाउँपालिका तयार रहेको बताए ।
यसैगरी गाउँपालिका उपाध्यक्ष सिता माया गुरुङले घरधन्दामा मार्फत सिमित रहेका महिलाहरुलाई आत्मनिर्भर बन्न यो तालिम एकदमै महत्वपूर्ण भएकाले यसको भरपुर सदुपयोग गर्न आग्रह गरिन् ।
रोयम नेपालकी अध्यक्ष शर्मिला शर्माले स्थानीय सरकार र आम नागरिकबीच सस्थाले पुलको मात्र काम गरेकाले यसमा अझ स्थानीयर सरकार बढी जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पविल साना किसान सहकारी सस्थाकी अध्यक्ष चुनमाया शाक्य, रोयम नेपालको परियोजना संयोजक, जिल्ला संयोजक लगायत स्थानीयहरुको सहभागीता रहेको रोयम नेपालका बिजय तामाङले बताए ।
तालिममा ९ जना महिलाहरु सहभागी छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप