काठमाडौं– नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ३ राउत बेसीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमान श्रीमती गम्भिर घाइते भएका छन् ।
आज बिहान पुरगाउँबाट समुन्द्रटारतर्फ आउँदै गरेको बा २ ख ६३८१ नं को बसले पुरगाउँ तर्फ जाँदै गरेको बा.प्र.०२–०२ प ४८५८ नं को मोटरसाइकललाई ठक्कर दिदा सोही ठाउँका मोटरसाइकल चालक ४३ बर्षीय अक्सर तामाङ र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती ४० बर्षीय रुपसानी तामाङ घाइते भएकी छन् । उनीहरु दुबैको टाउको र खुट्टामा चोट लागेको छ ।
श्रीमानको अवस्था मध्यम भएपनि श्रीमतीको अवस्था भने गम्भीर रहेको ट्राफिक प्रहरी प्रकाश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बसको चालक भने फरार रहेकाले खोजी भइरहेको छ । बस र मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप