काठमाडौं– आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १ः १५ बजेदेखि सुरु हुदै छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग राखेको विषयमा प्रमुख चार दलबीच सहमति भएकाले आजको संसदको वैठक बिना अवरोध चल्ने देखिएको छ ।
यद्यपी संसदीय छानबिन समितिको टिओआर आज बनाउने भनिएको छ । टिओआरमा बैठकअघिसम्म सहमति भएमा आजका संसद बैठक बिना अवरोध चल्ने देखिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप