काठमाडौं– कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्युु भएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले थुनुवा कक्षमा बेहोस भएर ढलेका धनगढी उपमहानगरपालिका– ८ का बुद्धिराम चौधरीको लाई सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका थिए ।
प्रहरीका अनुसार अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाइएको थियो । भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै थिए ।
चौधरीको मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप