काठमाडौं– सल्यानमा नुहाउन गएका क्रममा दुई जनाको मृत्यु भएको छ ।
कालिमाटी गाउँपालिका– ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र ५ वर्षीय सुवास परियार मृत भेटिएका हुन् ।
उनीहरु शनिबार दिउँसो बबई नदीमा नुहाउन गएका थिए । बेलुका हुँदापनि घर नर्फिएपछि उनीहरुको खोजी सुरु भएको थियो ।
बेलुका ८ बजे घरदेखि करिब एक किलोमिटर पर दक्षिण तर्फ दिलबहादुर र सुवास अचेत अवस्थामा फेला परेका थिए ।
दुवैलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप