काठमाडौं– नेपाली कांग्रेसको नाराबाजी र अवरोधकै बीच आज पनि प्रतिनिधि सभाको बैठक बसेको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसका सांसदहरूले आज पनि नाराबाजी र होहल्ला गरेका थिए ।
कांग्रेसको अवरोधकै बीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले वाचन गरेका नीति तथा कार्यक्रम संसदमा टेबल गरे । त्यसपछि सभामुखले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश गरेपछि बहुमतको आधारमा धन्यवादको प्रस्ताव पारित भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप