इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ मा चुनाव हुने

  • २०८१ जेष्ठ ८, मंगलबार (६ महिना अघि)
  • १५३ पटक पढिएको
इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ मा चुनाव हुने

एजेन्सी– इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ । देशको १४ औं राष्ट्रपति चयन गर्न जुन २८ तारिख अर्थात् आउँदो असार १४ गते चुनाव हुने त्यहाँको सरकारी निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Advertisement

राष्ट्रपति इब्राहिम रायसीको अस्ति आइतवार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् । इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । रायसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए ।

इरानले राष्ट्रपति रायसी, विदेशमन्त्रीलगायत नौ जनाको दुर्घटनामा ज्यान गएपछि पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट