काठमाडौं– दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन् ।
सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरी धनुषा लगेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप