बलात्कार मुद्दामा रेड नोटिस जारी भएका युवक रोमानियाबाट पक्राउ

  • २०८१ जेष्ठ १०, बिहिबार (६ महिना अघि)
  • १६२ पटक पढिएको
बलात्कार मुद्दामा रेड नोटिस जारी भएका युवक रोमानियाबाट पक्राउ

काठमाडौं– बलात्कारको मुद्दामा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इनटरपोलबाट रेड नोटिस जारी भएका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय गौरव नेपाली रहेका छन् । नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको सहयोगमा उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।

जबरजस्ती करणी मुद्दामा उनी फरार थिए । नेपाली फरार भएर विदेश पुगेको पाएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट