महिनावारी स्वच्छता दिवस: अन्धविश्वास हटाउन सचेतना कार्यक्रम

  • २०८१ जेष्ठ १२, शनिबार (६ महिना अघि)
  • २८९ पटक पढिएको
महिनावारी स्वच्छता दिवस: अन्धविश्वास हटाउन सचेतना कार्यक्रम

काठमाडौं- धादिङमा महिनावारी स्वच्छता दिवस मनाईएको छ । १० औं महिनावारी स्वच्छता दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाएको हो ।

Advertisement

शनिबार डेज फर ग्रल्र्स धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा महिनावारी प्रतिको पितृसतात्मक सोचलाई छलफलको विषय बनाएर लैजानुपर्ने, महिनावरीको समयमा ध्यान दिनुपर्ने कुराहरु लगायतको विषयमा छलफल गरिएको छ । पछिल्लो समयमा शहरी क्षेत्रमा केही परिर्वतन भएपनि ग्रामीण समुदायमा महिनावारीको समयमा विभेद कायमै रहेकोले यो दिवसले सचेतीकरणमा महत्वपूर्ण भुमिका खेल्ने Days for girls धादिङकी अध्यक्ष विमला ढकालले बताइन् ।

गाउँ घरमा महिनावारी अर्थात रजश्वला सम्बन्धि भेटिने अन्धविश्वास हटाउन वडाले विभिन्न योजना बनाएर अघि बढेको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए । अझै पनि महिनावारीको नाममा विभिन्न खालका अन्धविश्वासहरु छन् । जुन समयमा सरसफाइ र खानपिनमा ध्यान दिनुपर्ने हो त्यहि समयमा महिनावारी बार्ने भन्दै अन्धविश्वासका क्रियाकलाप गर्दै आएको र यसलाई हटाएर महिनावारी स्वच्छता र स्वस्थ्यमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

दिवसकै अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले कपडाको प्याड खरिद गरि ८५ जना छात्राहरुलाई वितरण गरेका छन् । डेज फर ग्रल्र्स धादिङले उत्पादन गर्दै आएको पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिने र जनचेतना पनि फैलिने हुनाले प्याड वितरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट