नेपालमा कोेरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी’: सङ्क्रामक तर जोखिम कम

  • २०८१ जेष्ठ १२, शनिबार (६ महिना अघि)
  • २९० पटक पढिएको
नेपालमा कोेरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी’:  सङ्क्रामक तर जोखिम कम

काठमाडौं- नेपालमा कोेरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ ।

Advertisement

अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको चिकित्सकहरुको भनाई छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो । यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक नभएको बताइएको हो । तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्ने चिकित्सकहरुको भनाई छ ।

कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रूप लिने सक्ने भएकाले नियमित कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरु बताउँछन् । ‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा, ‘केपी.३’ र ‘केपी.४’ एक÷एक जनामा देखिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट