साढे १० हजार पर्यटक रारा पुगे

  • २०८१ जेष्ठ १३, आईतबार (६ महिना अघि)
  • १८८ पटक पढिएको
साढे १० हजार पर्यटक रारा पुगे

काठमाडौं- मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार पाँचसय ७९ पर्यटकले भ्रमण गरेका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार ४३ जना सार्क मुलुकबाट र एकसय ९५ जना अन्य मुलुकबाट गरी कुल १० हजार पाँचसय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् ।

Advertisement

 

गत आर्थिक वर्षमा ११ हजार एकसय ९१ आन्तरिक र विदेशी पर्यटकले रारा भ्रमण गर्न गरेका थिए । गत वर्षको तुलना भन्दा यो आर्थिक वर्षमा पर्यटक बढ्दै गएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट सङ्कलन भएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरी निकुञ्जले ३० लाख ६३ हजार सातसय ९१ रुपियाँ राजस्व सङ्कलन गरेको छ । राजस्वमध्ये २५ लाख ३० हजार पर्यटकबाट र बाँकी पाँच लाख ३३ हजार सातसय ८१ दण्ड, जरिवाना, काठ दाउरालगायतबाट सङ्कलन भएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट