बेनीघाट रोराङ गाउँपालिकामा शुन्य बेरुजु

  • २०८१ जेष्ठ १४, सोमबार (६ महिना अघि)
  • १७८ पटक पढिएको
बेनीघाट रोराङ गाउँपालिकामा शुन्य बेरुजु

काठमाडौं- महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा बेरुजु शुन्य देखिएको छ । देश भरिबाट पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा धादिङको बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ७५३ स्थानीय तह मध्य बेनीघाट रोराङ गाउँपालिका पनि शुन्य बेरुजु ल्याउन सफल भएको हो ।

त्यस्तै बेरुजु फछ्यौटमा गल्छी गाउँपालिकाको १ दशमलव २१ , गंगाजमुना गाउँपालिकाकोे १ दशमलव ४५, त्रिपुरासुन्दरी गाउंपालिका २ दशमलव ०२, सिद्धलेक गाउँपालिका २ दमलव ०३, रुविभ्याली गाउंपालिकाको २ दशमलव ६२, गजुरी गाउँपालिकाको २ दशमलव ७१, ज्वालमुखी गाउँपालिकाको ३ दशमलव ०४, थांक्रे गाउँपालिकाको ५ दशमलव ८२ र धुनिवेशी नगरपालिकाको ९ दशमलव १३ प्रतिशत बेरुजु देखिएको महालेखा परिक्षको प्रतिवेदनले देखाएको छ ।

 

#बेनीघाट रोराङ गाउँपालिका

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट